७ अर्ब ८७ करोड लक्ष्य रहेकोमा २ महिनामा १ अर्ब १९ करोड राजस्व संकलन, आयात–निर्यातमा आकाशपताल

प्रकाशित मिति : September 20, 2020


धनबहादुर बोहरा

काठमाडौं । कैलालीको त्रिनगर भन्सार कार्यालयले चालु आर्थिक बर्षको हालसम्म झन्डै १ अर्ब १९ करोड राजस्व संकलन गरेको छ । ७ अर्ब ८७ करोडको लक्ष्य ताकेको कार्यालयले २ महिनाको अवधीमै सो परिणाममा राजस्व संकलन गरेको हो । यही अनुपातमा राजस्व संकलन भए लक्ष्य भेटाउन कुनै समस्या नहुने कार्यालयले नाएको छ । राजस्व संकलन सन्तोषजनक नै रहेपनि आयात निर्यात भने निकै अन्तर देखिएको छ । २ महिनामा साढे ३ अर्ब बढीको आयात भएकोमा साढे ९ करोडको मात्रै निर्यात भएको छ ।

सुदुरपश्चिमको प्रमुख नाकाका रुपमा स्थापित कैलालीको त्रिनगर भन्सार कार्यालयले चालु आर्थिक बर्षको हाल सम्म झन्डै १ अर्ब १९ करोड राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार साउनमा ४८ करोड ३२ लाखको लक्ष्य रहेकोमा ५७ करोड ७२ लाख संकलन भएको छ भने भदौमा ५४ करोड ९७ लाखको लक्ष्य रहेकोमा ६१ करोड २५ लाख राजस्व संकलन गरिएको छ । भदौ महिनामा १११.४२ प्रतिसत प्रगती हासिल गरिएको छ भने साउनमा १२० प्रतिसत प्रगती हासिल भएको थियो । कार्यालयले विभिन्न शिर्षकमा गरी भदौ महिनामा मात्रै उक्त परीणाममा राजस्व संकलन गरेको हो । जस अन्तर्गत सबै भन्दा बढी भन्सार महसुल ४० करोड ५० लाख, मुल्य अभिवृद्धि कर १९ करोड १ लाख र अन्तशुल्क कर मार्फत १ करोड ७३ लाख रहेको छ । ७ अर्ब ८७ करोड राजस्व संकलनको लक्ष्य तोकेको भन्सार कार्यालयले यही अनुपातमा राजस्व संकलन भए लक्ष्य भन्दा बढी राजस्व संकलन हुने अनुमान गरेको भन्सार अधिकृत तथा सुचना अधिकारी डिल्लु प्रशाद शर्माले बताए ।

कार्यालयको दुई महिनाको तत्थ्याङ हेर्दा निकै उपलब्धी मुलक देखिएको छ । राजस्व संकलनमा सकारात्मक परिर्वतन आएपनि आयात तथा निर्यातमा भने निकै अन्तर देखिएको छ । अर्बौको आयात हुने सो नाकाबाट निर्यात भने निकै न्युन रहेको सुचना अधिकारी शर्माले बताए ।

भन्सार कार्यालयले दिएको जानकारी अनुसार साउनमा १ अर्ब ६४ करोड मुल्य बराबरका सामान आयात गरिएको थियो भने ३ करोड ५७ लाख बराबरका वस्तु निर्यात गरिएको थियो । यस्तै भदौ महिनामा आयात र निर्यातमा झन्डै दोब्बर वृद्धि भएको छ । भदौमा २ अर्बको आयात भएकोमा ५ करोड ९१ लाखको निर्यात भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । अधिक आयात हुने वस्तु अन्तर्गत पेटा«लियम पर्दाथ, बिस्कुट, चामल, दालमोट, भुजिया, गहुँ, चिनी, टायल्स, ट्याक्टर र तरकारी रहेको छ । दुई महिनाको अवधीमा आलु झन्डै ४ हजार टन आयात भएको छ भने प्याज ३६ सय टन आयात भएको छ । यस्तै लकडाउन अघि सम्म सवारी मर्मतका लागि अधिकासं व्यक्तिहरु भारतका विभिन्न सहरमा जाने गरेका थिए । तर अहिले भने कोरोना महामारीका कारण भारत जाने क्रम रोकिएपछि अटोपार्टसका सामाग्रीको आयात पनि दिन प्रति दिन बढीरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट