काठमाडौं । सोमबार सुन चाँदीको भाउ बढेको छ । आज सुन तोलामा २ सयले बढेको छ ।
आज छापावाला सुन तोलामा २ सयले बढेर तोलामा ९७ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन हिजो सुनको भाउ स्थिर रही प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेर तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी तोलामा एक हजार ३ सय १५ रुपैयाँमा किनबेच भएको थियो ।