५ दिनसम्म भारि बर्षाको सम्भावना, प्रकोप बढ्ने भन्दै सर्तक रहन निर्देशन

प्रकाशित मिति : September 21, 2020


काठमाडौं । सोमबार रातीबाट करिव ५ दिनसम्म नेपालका विभिन्न स्थानमा बर्षाको सम्भावना रहेको छ । आगामी ५ दिनसम्म हुने बर्षाले महाडी भू–भागमा भू–क्षय र पहिरो जानसक्ने एव्म तराईमा बाढी, डुबान र कटान हुन सक्ने सम्भावना रहेकाले सतर्क रहन आग्र गरेको छ ।

सतर्क रहनका लागि जिल्लामा सुरक्षा निकाय, विपद् व्यवस्थापनमा संलग्न सरकारी एव्म गैर–सरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा तैनाथी गरिएको छ । खोज, उद्धार र राहतमा प्रयोग हुने सामाग्रही दुरुस्त अवस्थामा राख्न निर्देशन दिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका पाँच दिन देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो । प्राधिकरणले सोमबार जारी गरेको विज्ञप्तिमा “उत्तरपूर्व बंगालको खाडीबाट विकसित भएको जलवायुको प्रभावले यो पाँच दिनमा देशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान पनि गरिएको छ ।”

यो अवधिमा कतिपय ठाउँमा हावाहुरी र चट्याङ पर्ने सम्भावना पनि देखिएको प्राधिकरणले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नंं. १, प्रदेश नं.२ र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, प्रदेश नंं.१, प्रदेश नं.२, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं.५का केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

प्राधिकरणले सम्भावित वर्ष एवम् बाढीबारे जानकारी लिन टोल फ्रि नम्बर ११५५ मा फोन गर्ने एवम् तत्काल खोज, उद्धार र राहत एवम् अन्य जानकारीको लागि राष्ट्रिय आपत्कालिन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नम्बर ११४९ मा फोन गर्न समेत भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट