दशैंमा घुम्ने हाे ? एभरेष्ट ट्रेल १४ हजारदेखी मुक्तिनाथ दर्शन १७ हजारसम्म, यस्ता छन् यतीका प्याकेजहरू

प्रकाशित मिति : September 21, 2020


काठमाडौं । यति एयरलाइन्सले करिब डेढ दर्जन पर्यटकीय गन्तब्यमा सस्तो मूल्यमा प्याकेज बिक्रि गर्ने योजना ल्याएको छ । २२ औं वाषिर्काेत्सवको अवसर पारी सोमबार प्याकेज सार्वजनिक गरेको हो ।

करिव ७ महिना लामो प्रतिवन्धपछि खुला भएको हवाई र पर्यटनलाई गतिशील बनाउन यी प्याकेज सहयोगी बन्ने कम्पनीका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले बताएका छन् । त्यसकारण यतिले ‘अब एयरलाइन्स उड्न मात्र होइन, घुम्न पनि हो’ भन्ने सन्देश प्रवाह गर्न लागिएको जनाएको छ ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन गरी गतिविधिहरु सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ ।

उता, नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागि समेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले यस प्रकारका प्याकेजले ठप्प रहेको पर्यटन व्यवसायलाई थोरै भएपनि राहत दिने बताए । प्याकेज घोषित गन्तव्यको सबैभन्दा नजिकको विमानस्थलसम्म यति र तारा एयरबाट हवाई यात्रा गराइने भएको छ ।

यतिको प्याकेज यस्तो छ

एभरेष्ट ट्रेलः १३,९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम १० यात्रु आवश्यक), राराः २४९९९ प्रतिव्यक्ति (२ रात, ३ दिन, न्यूनतम ५ यात्रु आवश्यक), पोखराः ५९९९–७९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन), चितवनः १२९९९–१६९९९ प्रतिव्यक्ति (२ रात, तीन दिन), मुक्तिनाथ दर्शनः १२९९९ प्रतिव्यक्ति (३ रात, चार दिन, न्यूनतम ६ यात्रु आवश्यक)

मुक्तिनाथ दर्जनः १६९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ७ यात्रु आवश्यक), अन्नपूर्ण फुटहिलः ट्रेल घान्द्रुकः ११९९९ प्रतिव्यक्ति (५ रात, ६ दिन, न्यूनतम ६ यात्रु आवश्यक), अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेलः १९९९९ प्रतिव्यक्ति (४ रात, ५ दिन, न्यूनतम ८ यात्रु आवश्यक) योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट