काठमाडौं । त्रिभुवन विश्वविद्यालय परिसरबाट नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीशरुले त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायत छन ।
यनीहरुले त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको ६ महिना हुँदासमेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको तथा नेविसंघ कार्यकर्तालाई झुटा मुद्दा लगाएको लगायत विरोधमा नेविसंघले विरोध प्रदर्शन गर्दै आइरहेका थिए ।