काठमाडौं । सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन रोक्ने निर्णय गरेको छ ।
असोज २४ गते हुने भनिएको निर्वाचन आज बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन रोक्ने निर्णय गरेको छ ।
नोभल कोरोना भाइरस कोभिड १९ संक्रमणका कारण चुनाव गर्ने सम्भावना नभएको भन्दै सोमबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर निर्वाचन रोक्न आग्रह गरेका थिए ।