काठमाडौं । सरकारले विश्वप्रसिद्ध पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आरोही शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो ।
उनीइ नेपालको पर्वतीय पर्यटनमा ‘हिमचितुवा’का नामले परिचित साहसिक आरोही हुन ।
शेर्पाको सोमबार निधन भएको थियो । उनले १० पटक अक्सिजन विना सगरमाथा आरोहण गरेका थिए ।