यूनियन लाइफ चौथो बर्षमा, आक्रामक ब्यावसाय बृद्धि गर्ने लक्ष

प्रकाशित मिति : September 22, 2020


काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तेश्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ । तेश्रो बार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ सशक्त र आक्रामक रुपमा ब्यावसाय बृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले कारोवार संचालन गरेको तेश्रो बर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भन्नुभयो, “कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा बिस्तार गर्दै लैजाने छौं ।” कम्पनीले बीमा समितिबाट असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो ।

कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ । कम्पनीको २ अर्ब १५ करोड जारी पुंजी रहेको छ । सो जारी पुंजीको ३० प्रतिशतले हुने साधारण शेयर चाडै नै सर्वसाधारण समक्ष निश्कासन गर्ने तयारी कम्पनीले गरिहेको छ ।

कम्पनीको संचालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र संचालकहरुमा शेखर गोल्छा, संदिप कुमार अग्रवाल र जीवन कुमार अग्रवाल रहनु भएको छ । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।

तेश्रो बार्षिकोत्सवको अवसरमा कम्पनीले सम्पूर्ण संस्थापक, संचालक, नियमनकारी निकाय बीमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बीमितहरु, संचारकर्मी लगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रति आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट