युरिया मलको अन्तिम खेप आउँदै, साढे १७ हजार टन आईसक्यो

प्रकाशित मिति : September 23, 2020


वीरगञ्ज। साल्ट ट्रेडिङ कर्पोरेशनको लकडाउनका कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अड्किएर बसेको यस वर्षको कोटाको २१ हजार ५ सय टन युरिया मलको अन्तिम खेप आउँदै गरेको छ भने हालसम्म करिब साढे १७ हजार टन भदौ ९ गते यता वीरगञ्ज नाका भएर भित्रिसकेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले लकडाउनको कारण करिब तीन महिनादेखि भारतको कलकत्तामा अडकिएर बसेको रसायनिक मल यूरिया भदौ ९ गते देखि वीरगञ्जको श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेसंगै हालसम्म सात ¥याक अर्थात करिब साढे १७ हजार टन आईसकेको छ ।

अन्तिम खेप मध्येको एक र्याक (२५००) टन अर्थात ५० हजार बोरा रसायनिक मल यूरिया सिमावर्ती सहर रक्सौल आईपुगेको साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले गोरखापत्रलाई बताउनु भयो ।

श्रीर्सिया सुख्खा बन्दरगाहमा आईपुगेको सात ¥याक अर्थात करिब साढे १७ हजार टन रसायनिक मल यूरिया मललाई साल्ट ट्रेडिङ कर्पोरेशन केन्द्रीय कार्यालयको निर्देशन अनुसार सिन्धुलीदेखि कञ्चनपुर महेन्द्रनगरसम्म गरी १९ जिल्लामा पठाइ सकिएको र अन्तिम खेपमा आएको रसायनिक मल यूरिया मल पनि आउने बित्तिकै पठाईने कर्पोरेशन वीरगञ्जका प्रमुख लामिछानेले जानकारी दिनुभयो ।

मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुर लगायतका जिल्लामा वितरणका लागि वीरगञ्जबाट रसायनिक मल युरिया पठाई सकिएको उहाँले बताउनुभयो ।
साल्ट ट्रेडिङ कर्पोरेशन वीरगञ्जका प्रमुख अमोज लामिछानेले भन्नुभयो , “ केही जिल्लामा थप पठाउनका लागि साल्ट ट्रेडिङ कर्पोरेशनको वीरगञ्ज स्थित गोदामहरुमा युरिया मलको केही परिमाण मौज्दातमा राखिएको छ , पर्साका किसानहरुका लागि साउन महिना यता २२ हजार बोरा बाँडिसकिएको छ । पर्सामा ३० , ५० , ७० र ७० गरी एक सहकारीलाई करिब २ सय २० बोरा दिईसकिएको र अझै सहकारीहरुलाई ७० बोराका दरले दिने लक्ष्य राखेका छौं । पर्सा जिल्लामा १६ सय टन युरिया मल बाँडने योजना बनाएका छौं ।”

साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको यो यूरिया रसायनिक मलमा नेपाल सरकारको एक हजार २४७ रुपैया २६ पैसा प्रति बोरा अनुदान रहेको छ । औसत मूल्य एक हजार ९४७ रुपैया २६ पैसामा आयात गरिएको यस युरिया मलको ५० किलोग्रामको तौल भएको एक बोरामा सरकारको अनुदान रकमका कारण किसानले औसत मुल्य ७ सयमा किन्न पाउनेछन् ।

सरकारले औसत मूल्य सात सय तोकिदिए पनि सहकारीहरुले मनपरीरुपमा अधिकतम ९५० रुपियाँ बोरासम्म किसानलाई बिक्री गर्ने गरेको गुनासो किसानहरुको रहेको छ ।

कृषि सामग्री कम्पनीले साउनको अन्तिममा आयात गरिसक्नु पर्ने युरिया मल आयात नगर्दा मलको हाहाकार भएको बताईन्छ । उता कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जका सूचना अधिकारी गोरखनाथ केसीले साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको युरिया मल वितरण गरि सकिएपछि मात्र कृषि सामग्री कम्पनीको युरिया मल आउने जानकारी दिनुभयो ।

नेपालमा आयात गरिने जम्मा रसायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने प्रावधान रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश कार्यालय वीरगञ्जमा गएको जेष्ठ १५ गतेदेखि नै युरिया मल छैन । दिपकप्रसाद गौतमले गोरखापत्रमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट