अघिल्ला वर्षभन्दा बढी लगानी भएको रुद्राक्षको लगानी डुब्ने चिन्ता

प्रकाशित मिति : September 23, 2020


सङ्खुवासभा। अरुण उपत्यका क्षेत्रको मुख्य आम्दानीको स्रोत रुद्राक्षको कारोबारमा समस्या आउने देखिएको छ । बन्दाबन्दीका कारण खरिदकर्ता आउन नपाएपछि यस वर्षको रुद्राक्ष व्यापार नहुने देखिएको हो ।

चिनियाँ र भारतीय खरिदकर्ता यस वर्ष आउने सम्भावना नरहेको रुद्राक्ष व्यवसायीले बताउँदै आएका छन् । विदेशी खरिदकर्ता आउने सम्भावना कम हुँदा करोडौँको लगानी डुब्ने सम्भावना बढेको रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विशुङ्खेले बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष असार अन्तिमदेखि नै चिनियाँ व्यापारी जिल्ला आइसकेका थिए । यस वर्ष भने रुद्राक्ष टिप्ने बेला हुन लाग्दासमेत सम्पर्कमै नरहेको अध्यक्ष विशुङ्खेले बताउनुभयो ।
अधिकांश रुद्राक्ष व्यवसायीले अग्रिम भुक्तानी गरेर कृषकको वगान नै ठेक्कामा लिएका हुन्छन् । आवधिक रूपमा एकै बोटको लाखौँ रुपियाँ तिरेका व्यवसायीमा रुद्राक्ष बिक्री नहुने चिन्ता बढेको छ । ठेक्का लिएको वगानमा गुणस्तरीय रुद्राक्ष फलाउन आफ्नै लगानीमा औषधिसमेत लगाएका छन् । यसरी औषधि लगाउँदा ठेक्का रकममा दोब्बर खर्च बढेको छ । अघिल्ला वर्षभन्दा बढी लगानी भएको रुद्राक्ष यस वर्ष नबिक्ने सम्भावना बढेको हो ।

अधिक वर्षाका कारण यसै पनि यस वर्ष अधिकांश बोटमा रुद्राक्ष अडिएको छैन । तीन सय बोट ठेक्का लिएकोमध्ये आधाजसो मात्र अडिएको खाँदबारी–८ का व्यवसायी कमल कटुवालले बताउनुभयो । ठेक्का लिएको बोटमा ३० लाख रुपियाँ बराबरको औषधि लगाएको बताउँदै उहाँले रुद्राक्ष नबिके करोडभन्दा बढी नोक्सानी बेहोर्नुपर्ने बताउनुभयो ।

गत वर्ष सङ्खुवासभामा मात्र करिब दुई अर्बको कारोबार भएको रुद्राक्ष अध्यक्ष विशुङ्खेले जानकारी दिनुभयो । व्यवसायीले गरेको कारोबारको विवरण सङ्घमा नआए पनि बाहिरी कारोबार हेर्दा दुई करोडभन्दा कारोबार नघटेको अध्यक्ष विशुङ्खेले दाबी गर्नुभयो ।ध्यान कुलुङले समाभार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट