कृषि बीमामा किसान आकर्षित हुँदै, बार्षिक ८८ करोड पुग्यो अनुदान

प्रकाशित मिति : September 23, 2020


काठमाडौं । कृषि बीमाबाट नेपालमा कृषकहरुले पाउने अनुदान बर्षेनि बढिरहेको छ । बाली तथा पशुपंक्षी बीमाका लागि सरकारले आर्थिक वर्ष २०७०/०७१ एक करोड १७ लाख खर्च गरेको छ भने ७ औ बर्षमा आउँदा करिव ८८ करोड रुपैयाँ अनुदान दिएको छ ।

बीमा समितिको तथ्याङ्क

आर्थिक बर्ष २०७०/०७१ मा १ करोड १७ लाख २४ हजार रुपैयाँ, आर्थिक बर्ष २०७१/०७२ मा १२ करोड ५ लाख ७३ हजार रुपैयाँ, आर्थिक बर्ष २०७२/०७३ मा २० करोड ९० लाख ५८ हजार रुपैयाँ, आर्थिक बर्ष २०७३/०७४मा ३१ करोड ९४ लाख ४३ हजार रुपैयाँ, आर्थिक बर्ष २०७४/०७५ मा ४३ करोड ७ लाख ८३ हजार रुपैयाँ, आर्थिक बर्ष २०७५/०७६ मा ७५ करोड ३५ लाख ६९ हजार रुपैयाँ र आर्थिक बर्ष २०७६/७७ मा ८८ करोड ६२ लाख रुपैयाँ कृषि अनुदान दिएको बीमा समितिले जनाएको छ ।

सरकारले कृषि बीमामा अन्तर्गत ७५ प्रतिशत अनुदान दिदैँ आएको छ । बाँकी २५ प्रतिशत अनुदान कतिपय स्थानीय सरकारले व्यहोर्ने गरेका छन् भने स्थानीय तहले नव्यहोरेका क्षेत्रमा किसान आफैले भुक्तानी गर्दै आएका छन् । किसानलाई सहुलियत दिएपछि बाली तथा पशुपंक्षी बीमातर्फ किसानको आकर्षण तीव्र हुँदै गएको यो तथ्याङ्कले देखाएको छ ।

बीमा समितिको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको अन्त्यसम्ममा अन्नबाली अन्तर्गत ६ करोड २१ लाख रुपैयाँ, पशुधन अन्तर्गत ६३ करोड ४३ लाख रुपैयाँ, माछाबीमा अन्तर्गत ३ करोड ६० लाख रुपैयाँ र चराचुरुङगी बीमा अन्तर्गत ८८ करोड ६२ लाख रुपैयाँ अनुदान प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट