ई–कमर्श कम्पनीहरुमा १५ सयभन्दा बढी जागिर खुल्यो

प्रकाशित मिति : September 23, 2020


काठमाडौं । ई–कमर्श व्यवसायको बजार बढ्दै जाँदा कम्पनीहरुले रोजगारी पनि थप्न थालेका छन् । लकडाउन र निषेधाज्ञाको समयमा चम्किएको व्यापारबाट हौसिएका कम्पनीहरुले दशैंमा पनि व्यापार बढ्ने योजनामा स्थायी र अस्थायी कर्मचारी नियुक्त गर्न लागेका हुन् । भारतीय कम्पनी फिल्पकार्टसँग सहकार्य गरेको ‘सस्तो डिल’ कम्पनीले ५ सय जना नयाँ कर्मचारी थप गर्ने योजना बनाएको छ । कम्पनीले लकडाउनको समयमा ४ सय प्रतिशतसम्म व्यापार बढाएको थियो । हाल कम्पनीमा १ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन् । कम्पनीले ‘चंगा चैट टिम’ नाममा ५ सयजना कर्मचारी थप गर्ने योजना बनाएको हो ।

यस्तै दराज अनलाइनले दशैँ पर्वलाई लक्षित गरेर ७०० जना कर्मचारी थप गर्ने योजना बनाएको छ । त्यस्तै, ग्यापुले पनि दशैं र तिहारका लागि स्थायी र अस्थायी गरी १ सय अतिरिक्त कर्मचारी थप गर्ने योजनामा छ । सञ्चालक ज्ञानेन्द्र खड्काका अनुसार विभिन्न विभागमा गरी १५० जना कर्मचारी कार्यरत छन् ।

त्यसैगरि अन्य विभिन्न कम्पनीहरुले पनि दशैँ लक्षित गरि १० जनादेखि ५० जनासम्म अस्थायी तथा स्थायी दुबै खाले कर्मचारी नियुक्त बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट