एनसेलको टिकटक र फेसबुक प्याक, यस्तो छ सुविधा

प्रकाशित मिति : September 23, 2020


काठमाडौं । पछिल्लो समय टिकटक र फेसबुक बढि प्रयोग हुन थालेपछि एनसेलले टिकटक र फेसबुक प्याक ल्याएको छ । एनसेलले टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको जनाएको छ ।

‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखेर ल्याइएको नयाँ प्याक बुधबारदेखि कार्यान्वयनमा आएको छ । ग्राहकले एक दिन वा ३० दिनको प्याक लिएर यो सेवा लिन सक्नेछन्। ग्राहकले मात्र करसहित ३१ रुपैयाँ ९२ मा एक दिनको टिकटक वा फेसबुक प्याक लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार करसहित ४ सय ५९ रुपैयाँ ६८ पैसामा ३० दिनको प्याक पाउनेछन् । ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन ६ जीबी डेटा बोनस पाउने कम्पनीले जनाएको छ ।

सेवा कसरि लिने ?
सेवा लिन एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरि सात दिनको समय रहेको टिकटक, फेसबुक वा युट्युब प्याक करसहित १ सय २७ रुपैयाँ ६९ मा र युट्युब र फेसबुकको कम्बो प्याक १ सय ९१ रुपैयाँ ५४ मा पाइने छ । सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा पाउने छन । सात दिन वा ३० दिनको प्याक खरिद गर्ने ग्राहकले यी प्याक सुचारु गर्न हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र करसहित २५ रुपैयाँ ५४ पैसामा ३५०० एमबी थप फोरजी डेटा पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट