काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका बारेमा गलत तथ्य समेटिएपछि सरकारले पाठयपुस्तक वितरणमा रोक लगाएको स्पष्टिकरण दिएको छ । गत जेठ ३१ गते संविधान संसोधनमार्फत नेपालको निशान छाप पनि संसोधन गरेपछि भारतद्वारा अतिक्रमित भूमीको बारेमा पाठयपुस्तकमा गलत तथ्य र तथ्यांक छापिएपछि पाठयपुस्तक वितरणमा रोक लगाईएको स्पष्ट पारेको हो । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले पाठयपुस्तकमा राखिएका तथ्यांकहरु सच्याएर मात्रै वितरण गरिने बताईन ।
मन्त्रीपरिषदको निर्णय अनुसार प्रकाशित नक्सा र संविधान संशोधनको विषयमा त्यस्तो कुनै गलत नभए पनि पाठयपुस्तक भित्रका केही तथ्यहरु गलत भएकाले तथ्यांक र तथ्यहरु सच्याएर मात्रै पुस्तक वितरण गरिने उनले बताईन । उनका अनुसार गलत तथ्य र तथ्यांक भएका पुस्तकहरुको पहिचान गर्ने र सच्याएर मात्रै पाठयपुस्तक वितरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले नयाँ नक्सासहित समेटिएको पुस्तक वितरण गर्न रोक प्रधानमन्त्री ओलीले रोक लगाएको भन्ने विभिन्न खाले टिका–टिप्पणी आईरहेको बेला मन्त्री अर्यालले यस्तो जानकारी दिएकी हुन् । त्यसो त शिक्षा मन्त्रालयले प्रकाशन गरेका पाठयपुस्तकमा भएका त्रुटि पहिचान गर्न तथा सच्याएर प्रकाशन गर्नका लागि परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, शिक्षामन्त्री पोखरेल र भूमी व्यवस्था मन्त्री अर्याललाई जिम्मेवारी तोकिएको छ ।