काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११७२ जना कोरोना संक्रमित पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
त्यस्तै बुधबार १८९३ जना निको भएका छन् । हालसम्म ४९ हजार ९५४ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै बुधबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।