काठमाडौं । सरकारले छिमेकी राष्ट्र चिनले सिमा नमिचेको जनाएको छ । सरकारले हुम्लाको लिमी उपत्यकामा नेपाली भुमि अतिक्रमण नगरेको जनाएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको छ ।
चीनले नेपाली भूमि मिचेका खवरहरु सार्वजनिक भएको बेला सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चिनले सिमा नमिचेको बताए । त्यस्तै सरकारले केही समयअघि सिन्धुपाल्चोकमा गएको बाढी पहिरो पपिडतलाई सहयोग गर्ने जनाएको थियो ।
त्यस्तै सिन्धुपाल्चोक र बाग्लुङलाई सरकारले विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेको छ ।
त्यस्तै सरकारले कोरोनाको उपचारमा संग्लग्न डाक्टर तथा स्वास्थ्यकर्मीलाई २५ लाखको बीमा रिदिएको छ । सरकारले शव व्यवस्थापनमा संलग्न जनशक्ति, एम्बुलेन्स चालक र प्रत्यक्ष संलग्न हुने सुरक्षाकर्मी र कर्मचारीको निशुल्क २५ लाखको बीमा क्षतिपूर्ति दिने जनाएको छ ।