काठमाडौं । दक्षिण कोरियाले आफ्ना एक सरकारी कर्मचारीलाई उत्तर कोरियाका सैनिकहरूले गोली हानी मारेको र उनको शव जलाएको दाबी गरेको छ ।उक्त घटनालाई ूक्रूर कार्यूको सङ्ज्ञा दिँदै सोलले त्यसको निन्दा गरेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार ती कर्मचारी दुई देशको जलसीमानजिकै गस्ती गर्ने एउटा डुङ्गाबाट बेपत्ता भएका थिए। उनको जलेको शव पछि उत्तर कोरियाको पानीमा भेटियो ।
विभिन्न सुराकको विश्लेषणपछि उत्तरका सैनिकले उनलाई गोली हानेको अनि शरीरमा तेल खन्याएर आगो लगाइदिएको निष्कर्षमा सोल पुगेको छ।
यो आरोपबारे प्योङ्याङले कुनै प्रतिक्रिया दिएको छौ ।
उत्तर कोरियाले आफ्नो सीमामा कडाइ गरेको छ। देशमा कोरोनाभाइरस प्रवेश गर्न नदिने उद्देश्यले ूगोली हानेर मार्नेू नीति लागु गरेको अनुमान गरिएको छ ।
भेटेपछि मृत्युदण्डु
दक्षिणको रक्षा मन्त्रालयका अनुसार ४७ वर्षीय ती अधिकारी माछा मार्ने मामिला हेर्ने विभागमा कार्यरत थिए। यन्प्युङ टापुनजिकै उत्तर कोरियाको सीमाभन्दा १० किलोमिटर टाढा डुङ्गामा गस्ती गरिरहेको बेला सोमवार उनी हराएका थिए।
जुत्ता छोडेर लाईफ ज्याकेट लगाएर उनले डुङ्गा छोडेको जस्तो देखिएको दक्षिणका अधिकारीहरूले बताएका छन्। ।
किम जङ(अनले बहिनीलाई किन गरे थप शक्तिु हस्तान्तरण
कोरोनाभाइरसको पहिलो सम्भावित घटनापछिु उत्तर कोरियामा सतर्कता
उनले देश छोडेर भाग्न खोजेको अनुमान गरिएको ।
उत्तर कोरियाको गस्ती टोलीले उनलाई आफ्नो जलसीमाभित्र थकित अवस्थामा फेला पारेको सोलको भनाइ ।
उत्तरमा वरिष्ठ अधिकारीले उनलाई मृत्युदण्डको आदेश सुनाउनुअघि उनीसँग सोधपुछ गरिएको थिया।
सैनिकहरूले ग्यास मास्क लगाएर उनको शव जलाइदिएको दक्षिणका अधिकारीहरूले बताएका छन्।
कोरोनाभाइरसविरुद्ध चालिएको उपायअन्तर्गत त्यसो गरिएको हुनसक्ने उनीहरूको अनुमान छ।
सोलस्थित बीबीसी संवाददाता लोरा बिकरका अनुसार आफ्नो देशमा कोरोनाभाइरस महामारी नफैलियोस् भनेर उत्तर कोरियाली अधिकारीहरूले सबै खालका उपाय अवलम्बन गरिरहेको हुनसक्छ
उत्तर र दक्षिण कोरियाली सेनाबीच सिमानामा गोली हानाहानदर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्दत्यहाँ सरकारले सत्तारूढ दलको ७५ औँ वार्षिकोत्सवका अवसरमा अक्टोबर १० मा विशाल सैन्य परेडको तयारी गरिरहेका छन्। ।
कोरोनाभाइरस नआओस् भनेर प्योङ्याङले ज्यानुअरीमा चीनसँगको सीमा बन्द गरेको थियो। जुलाईमा सङ्कटकालीन अवस्थालाई अधिकतम तहमा र्पुयाइएको सरकारी सञ्चारमाध्यमले बताएका थिए।
उत्तरका सैनिकहरूले दक्षिण कोरियाका गैरसैनिकलाई गोली हानी मारिदिएको यो दोस्रो घटना हो।
यसअघि सन २००८ जुलाईमा एक दक्षिण कोरियाली पर्यटकको कुम्गाङ पर्वतमा गोली हानेर हत्या भएको थियो । विविसी बाट