५० प्रतिशत बढी भाडादर खारेज गर्न विद्यार्थीको चेतावनी, तत्काल भाडा घटाउन सकिँदैन:मन्त्री नेम्बाङ्

प्रकाशित मिति : September 24, 2020


काठमाडौं । विभिन्न १३ वटा विद्यार्थी संगठनहरुले सरकारले सार्वजनिक यातायातमा आधा यात्रु र ५० प्रतिशत बढि भाडा लिन पाउने ब्यवस्थाको विरोध गरेका छन् । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्लाई ज्ञापन पत्र यस्तो व्यवस्थालाई खारेज गर्न माग विद्यार्थी संगठनहरुले माग गरेका छन् । विद्यार्थीहरुले ५० प्रतिशत भाडादर बढाएर सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय सात दिन भित्र खारेज नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

तर मन्त्री नेम्बाङ्ले विद्यार्थी नेताहरुसँग कुरा गर्दै तत्कालका लागि पूर्ण क्षमतामा सार्वजनिक यातायात सञ्चालन गर्न दिन नसक्ने स्पष्ट पारेका हुन् । कोरोना सम्बन्धमा स्वास्थ्यको तोकिएको मापदण्डलाई पहिलो सर्त मानेर सार्वजनिक यातायात सञ्चालन गर्न दिइएकाले तत्काल भाडादर घटाउन र सार्वजनिक यातायातलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिन नसकिने दावी गरेका हुन् ।

विद्यार्थीहरुले हवाई जहाजमा पूर्ण क्षमतामा यात्रु राख्न दिइएको तर सार्वजनिक यातायातमा आधा मात्रै यात्रु चढाउने सरकारको निर्णय अपरिपक्व, अव्यवहारिक र अवैधानिक भएको भन्दै तत्काल खारेज गर्न माग गरेका हुन् । त्यस्तै बसको सीट क्षमता भन्दा धेरै यात्रु राख्ने र पुराना गाडी चलाई दुर्घटना निम्त्याउने व्यवसायीलाई कारबाही गर्न समेत विद्यार्थीहरुले माग गरेका छन् । त्यस्तै लामो दुरीका यातायातमा दुई जना चालक राख्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट