पहिरोको कारण अवरुद्द नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आयोकाठमाडौं । बुधबार राती खसेको पहिरोको कारण अवरुद्द नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आयको छ ।बुधबार राति नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको पहिरो आज अपराह्न १२ बजे पन्छाइएपछि दुईतर्फी सडक सञ्चालनमा आएको छ
हिजो राती चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो पहिरो पन्छाइएपछि अहिले दुईतर्फी सवारी साधन सञ्चालनमा आएको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए ।
त्यस्तै सोही सडकखण्डको पाँच किलोमा सडक एकतर्फी सञ्चालनमा रहेको उनले बताए ।उता पृथ्वी राजमार्गको कुरिनटारमा पनि एकतर्फी सवारी साधन सञ्चालनमा आएको छ ।