काठमाडौं । मल ल्याउने ठेक्का लिएर समयमै मल नल्याउने दुई ठेकदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडी बढाउन उच्च अदालत पाटनले बाटो खोलिदिएको छ ।
उच्च अदालत पाटनले शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले ठेक्का सम्झौता रद्ध, धरौटी जफत र कालोसूची सिफारिस रोक्न माग गर्दै दायर गरेको उत्प्रेषण रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि ठेकेदारलाई कारबाही गने बाटो खुलेको हो ।
कारबाही रोक्न माग गर्दै परेको तीन वटै रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ, बुधबार राती ८ बजे यसबारे आदेश आएको हो,’ कृषि सामाग्री कम्पनी लिमिटेडका सञ्चालक प्रबन्धक नेत्रबहादुर भण्डारीले बताएका छन ।
शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल भदौ २० गतेसम्म २५र २५ हजार मेट्रिकटन युरिया मल ल्याउन ठेक्का पाएको थियो ।