दक्षिण कोरियाका नवनियुक्त राजदूत सुक र चेम्बबिच व्यापार बृद्धि गर्नेबारे छलफल

प्रकाशित मिति : September 24, 2020


काठमडाौं । नेपालका लागी दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क सी होङ्ग सुक (Park Chong – Suk) संग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ र पदाधिकारी वीच छलफल भएको छ ।

छलफलका क्रममा राजदूत सुकले आफ्नो कार्यकालमा जलविद्युत लगायत पूर्वाधारको विकाशमा जोड दिने बताए । त्यस्तै उनले वैदेशिक लगानी विस्तार व्यापार घाटा घटाउने र वैदेशिक रोजगारीको लागी सरल सहज व्यवस्था गर्न बताए । हाल कोभिड १९ को विश्वव्यापी महामारीवाट कुनै पनि मुलुक अछुतो नरहेको बताउदै विश्व अर्थतन्त्रमा प्रभावित भएको उनको भनाई छ ।

छलफलका क्रममा नेपाल चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले नवनियुक्त राजदूत सुकको नेपालमा स्वागत तथा कार्यकालको सफलताको कामना गरेका छन् । चेम्बरले आफ्नो सात दशकको लामो, गतिशील र सार्थक कार्य गरी व्यवशायिक समुदायमा व्यापार विकाश र पैरवी गरि रहेको श्रेष्ठले बताए । सन् २०१५ देखि चेम्बर एक्पो नियमित रुपमा गरि रहेको, दक्षिण कोरिया संग कुटनीतिक संम्बन्ध स्थापना पछि व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा उल्लेखनिय विकाश भएको बताए । तर नेपालबाट दक्षिण कोरियासंग व्यापार घाटा प्रत्येक बर्ष बढ्दै सन् २०१७÷२०१८मा निर्यात केवल १६ लाख अमेरिकी डलर बरावर भएको र आयात ९ करोड ७३ लाख अमेरिकी डलर बराबर भइ ठूलो व्यापार घाटा सहनु परेको उनको भनाई छ ।

दक्षिण कोरिया संग इलेक्ट्रेनिक्स, होटल, केमिकल उद्योग, औषधि र मिनरल वाटरमा संयुतm लगानीका परियोजना संञ्चालनमा रहेको र ३५७ व्यापारिक प्रतिष्ठानबाट करीव १२ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बराबरको व्यवसायिक औद्योगिक लगानी दक्षिण कोरियाबाट आएको उनले बताएका छन् ।

दुबै देश वीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी नेपाल चेम्बर र कोरिया चेम्बर बीच समझदारी पत्रमा हस्ताक्षर, लगानी तथा पर्यटन प्रवद्र्धन, दक्षिण कोरियाको प्रविधी नेपालमा भित्रयाउने, व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, शीप विकास र प्रशिक्षण, कृषि क्षेत्रको विकाश, कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरुमा दक्षिण कोरियाबाट सहयोग, प्राविधिक सहायता आउने अपेक्षा एंव विश्वास अध्यक्ष श्रेष्ठले राखे ।

सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष दीपक कुमार मलहोत्रा समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट