सिभिल बैंकले शुरु गर्यो किसान समृद्धि कार्डको सुविधा, ५ लाखसम्म ऋण उपलब्ध गराइने

प्रकाशित मिति : September 24, 2020


काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले किसानहरूको समृद्धिको लागि किसान समृद्धि कार्डको सुविधा सञ्चलनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने निती अनुरूप सम्पूर्ण कृषकहरूको समृद्धिको लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो ।

कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने आम्दानीलाई नियमित रुपमा बचत गर्दै जाने तथा आवश्यक परेको बखतमा उक्त बचत रकम झिक्ने र नपुग भएमा सोही खाताबाट कर्जाको रुपमा बढि रकम पनि झिक्न सकिने व्यवस्था गरिएको छ । यो ऋण सुविधा लिन खेतीयोग्य जमिनलाई पनि धितोको रुपमा राख्न सकिन्छ र प्रति कृषक परिवार रु ५ लाखसम्मको ऋण सुविधा उपलब्ध गराइन्छ ।

यो सुविधा प्राप्त गर्न ग्राहकले बैंकमा सम्पर्क गरी बचत खाता खोल्नु पर्ने छ । उक्त खातामा ग्राहकको बचत भएसम्म बैंकले ब्याज प्रदान गर्ने छ भने यदि खातामा भएको बचत भन्दा बढि रकम झिकेमा बैकलाई ब्याज बुझाउनु पर्ने हुन्छ । हरेक त्रैमासको अन्तमा ग्राहकलाई दिने र बैंकलाई बुझाउने खुद व्याज रकमको गणना हुने छ । 

यो ऋण सुविधा कृषिलाई मुख्य पेशाका रुपमा अँगाल्ने कृषकहरूलाई ओभर ड्राफ्ट कार्डको माध्यमबाट एक निश्चित ऋण सीमा तोकी उपलब्ध गराइने छ जुन आफूलाई रकम आवश्यक परेको वखतमा सजिलै उपयोग गर्न सकिनेछ । यो ऋण सुविधाको लागी कुनै फर्म दर्ता गर्नैपर्ने भन्ने छैन । 

नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिका अनुसार यस सुविधाको ब्याजदरमा ५% अनुदान प्राप्त हुने भएकोले न्यून ब्याजदर मै यो सुविधा उपभोग गर्न सकिनेछ । हाल कोरोनाको कारणले सिर्जित विषम परिस्थितिमा कृषि स्वरोजगार मार्फत कृषि उत्पादन बढाउन सहयोग र प्रोत्साहन गर्न बैंकले यो ऋण सुविधा ल्याएको हो । 

हालसम्म ४७०,००० भन्दा बढी ग्राहकहरू रहेको करिव ६८.६० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी करिव ५५.२८ अर्ब कर्जा लगानी गरेको सिभिल बैंकको ११४ वटा शाखाहरु तथा २ वटा एक्सटेन्सन काउन्टर र ५ वटा शाखा रहित बैङ्किङ सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको कुरा पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट