कोरोना परीक्षण ल्याब पूर्ण क्षमतामा चलाउन र रिपोर्ट छिटो दिन सुझाव

प्रकाशित मिति : September 24, 2020


काठमाडौं । कोरोना भाइरस रोकथाममा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले कोरोना संक्रमण परीक्षणपछि छिटो रिपोर्ट दिने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले बिहीबार आफ्ना सुझाव संसद्को शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको छ ।

सुझावमा पीसीआर रिपोर्ट तुरुन्त प्रदान गर्न देशभरका ल्याबहरूलाई एकीकृत रुपमा समन्वय गर्न र पीसीआर ल्याब क्षमता अनुसार सञ्चालन गर्न भनिएको छ ।

ल्याबमा दक्ष जनशक्ति व्यवस्था गर्न र पूरा समय मेसिन चलाउन पनि उपसमितिले सुझाव दिएको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत संक्रमितलाई पीसीआर रिपोर्ट छिटो जानकारी गराउन पनि उपसमितिले सुझाव दिएको छ ।

उपसमितिले होम आइसोलेसन बसेका सङ्क्रमितको स्वास्थ्यकर्मीले नियमित निगरानी गर्ने व्यवस्था गर्नुपर्ने, कोरोना विशेष अस्पतालमा दक्ष जनशक्ति, आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा रहने बिरामीलाई खानाको लागि तोकिएको १७५ रुपैयाँ अपुग भएकाले बढाउनुपर्ने, कोभिड आइसोलेसन सञ्चालन गर्न अनुमति दिँदा मापदण्डअनुसार खानाको मेनु सम्झौता गर्नुपर्ने, कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिन समितिको सुझाव छ ।

अस्पतालहरूमा कोरोना भाइरस संक्रमितबाहेक अन्य बिरामीको सहज उपचारको व्यवस्था मिलाउनुपर्ने सुझाव पनि समितिले दिएको छ।

पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पतालले कोरोना भाइरस सङ्क्रमितको उपचार गर्नुपर्दा आफ्नो नियमित आम्दानी गुमाएकाले सरकारले अनुदान दिनुपर्ने पनि उपसमितिको सुझाव छ ।

कोरोना सङ्क्रमितको उपचार गर्ने स्वास्थ्यकर्मी नै संक्रमित भई आइसोलेसन बस्नुपर्ने भएका कारण वैकल्पिक स्वास्थ्यकर्मीको योजना बनाउने, स्वास्थ्यकर्मीलाई गुणस्तरीय पीपीई उपलब्ध गराउन, शव व्यवस्थापनका लागि मर्चरी हाउसको क्षमता बढाउन, कोभिड संक्रमितको मृत्युदर बढेका बेला पनि सहज रुपमा शव व्यवस्थापन हुने गरी तयारी गर्न पनि उपसमितिको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट