राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठसहित सात जनामा काेराेना पुष्टी

प्रकाशित मिति : September 25, 2020


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पुनः होम क्वारेण्टिनमा बसेका छन् । बैंकका एकजना डेपुटी गभर्नरलगायत केन्द्रीय कार्यालयका सातजना कर्मचारीलाई हिजो कोरोना संक्रमण पुष्टि भएपछि अधिकारीले आजदेखि होम क्वारेण्टिनबाटै कार्यालयको काम गर्ने भएका हुन् । झण्डै एक महिनाअघि पनि उनी एक साता होम क्वारेण्टिनमा बसेका थिए ।

स्रोतका अनुसार बैंक सुपरीवेक्षण विभाग र संस्थागत योजना विभागका २४ जना कर्मचारीको स्वाब परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये एक जना डेपुटी गभर्नर शिवराज श्रेष्ठ, दुई जना संस्थागत योजना विभागका, तीन जना बैंक सुपरीवेक्षण विभागका र एक जना सामान्य सेवा विभागका कर्मचारी रहेको बताइएको छ ।

केन्द्रीय कार्यालयमा एकैपटक सातजनामा कोरोना पुष्टि भएपछि आजदेखि केन्द्रीय बैंकको काम नै प्रभावित हुनसक्ने एकजना कार्यकारी निर्देशकले बताएका छन् । गत साउन र भदौमा मात्र अधिकांशको स्वाब परीक्षण गरिएको थियो । तर, त्यत्तिबेला परीक्षण नेगेटिभ आएपछि कर्मचारीले आफू सँधैका लागि कोरोनामुक्त भएको झैँ व्यवहार गरेकाले अहिले भित्रभित्रै फैलिएको हुनसक्ने स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट