काठमाडौं – अब सरकारले एसिड तेजाब आक्रमण गर्नेलाई कडा कानून ल्याउने भएको छ ।सरकारले अब एसिड आक्रमण गर्नेमाथि २० वर्षसम्म कैद हुनसक्ने र १० लाखसम्म जरिवाना हुने कानून पारित गर्न लागेको स्रोतले जनाएको छ ।
प्रधान्मन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेका पीडितहरुसँगको भेटमा कडा कानून ल्याउन लागेको बताएका थिए । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले एसिड बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले एसिड आक्रमण गर्नेमाथि अध्यादेश ल्याउने प्रस्ताव पारित गरेको छ ।
अबको कानुन अनुसार एसिड आक्रमणबाट मुख्य अंग आँखा, कान, मुख छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष र दश लाख रुपैयाँ जरिवाना हुनेछ ।नेपालको संविधानको धारा १ सय १४ को उपधारा बमोजिम मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराए नयाँ कानून ल्याउन लागिएको हो ।