एफएनसिसिआईको चुनाव गर्न सरकारले दियो अनुमती, मंसिर दोस्रो साता निर्वाचन हुन्छ : गोल्छा

प्रकाशित मिति : September 25, 2020


काठमाडौं । गत चैत्रदेखी कोरोनाको कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा हुने भएको छ । सरकारले महासंघलाई निर्वाचन गर्ने अनुमती दिएको हो ।

सरकारले कारोनाको स्वस्थ्य मापदण्ड पुरा गरेर सभा गर्न अनुमती दिएको हो । गृह मन्त्रालयले निर्वाचन गर्न अनुमति दिएको हो । महासंघको सचिवालय बैठकले यसअघिनै मंसिर ११ र १२ गते साधारणसभा र निर्वचन गर्ने निर्णय गरिसकेको छ ।

सरकारले साधारणसभा भर्चुअलबाट गर्न र निर्वाचन फिजिकल गर्न निर्देशन दिएको हो । महासंघ गृहको अनुमतिसँगै महासंघको निर्वाचन हुने बाटो खुल्ला भएको छ । महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले सामाजीक दुर कायम गरेर निर्वाचन गर्न अनुमति दिएको बताए ।

गोल्छाका अनुसार यही अशोज १५ गते बस्ने महासंघको कार्यसमिति बैठकले महासंघको निर्वाचनको मिती तय हुनेछ । ‘संभवत मंसिरको दोस्रो साता हामी चुनाव गर्छौं’ गोल्छाले भने । २०७६ चैतमा नै साधारणसभा महासंघको सधारणसभा कोरोनाको कारण स्थगित हुँदैं आएको थियो ।

महासंघको आगामी कार्यकालको लागी हाल बरिष्ठ उपाध्यक्ष रहेका गोल्छा स्वत अध्यक्ष बन्नेछन भने बरिष्ठ उपाध्यक्ष लगायतको पदमा निर्वाचन हुनेछ । बरिष्ठ उपाध्यक्षमा आइएमई समुहका अध्यक्ष चन्द्र ढकाल र औषधि व्यावसायी किशोर प्रधान प्यानै बनाएर उम्मेदवारी घोषणा गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट