१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या, कारवाही गर्न माग

प्रकाशित मिति : September 25, 2020


काठमाडौं । बझाङमा बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या गरिएको घटनामा संलग्नलाई कारवाही गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन् । संयुक्त प्रेस विज्ञप्ती जारी विद्यार्थी संगठनले प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको खुलेकाले दोषीलाई कारवाही गर्न माग गरेका हुन् ।

अनेरास्ववीयूका केन्द्रीय सदस्य भीम भट्ट, नेविसंघका निवर्तमान सह–महामन्त्री अच्युतराज कलौनी, अखिल क्रान्तिकारीका सेती महाकाली संयोजक बिरेन्द्र शाह, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सुदूरपश्चिम इन्चार्ज उमेश विष्ट, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्दशन साउँद र अखिल छैठौँका सुदूरपश्चिम सदस्य पुस्कर भट्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ।

बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका सम्झना कामी मृत भेटिएकी थिईन्। उनको बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट