काठमाडौं । नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं बार्षिक साधारण सभा कोभिड १९ महामारीको कारण भच्र्युअल माध्यमबाट शनिबार सम्पन्न भएको छ ।
शेयरधनीहरुको भौतिक तथा अभौतिक (भच्र्युअल) माध्यमबाट हिजो संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाण्डौंमा सम्पन्न भएको हो ।

साधारणसभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय गरेको कम्पनीले जनाएको छ । नेपाल राष्ट्र बैंकले ग बर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पु¥याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको कम्पनीले जनाएको छ ।
साथै साधारण सभाले यसका लागि आजैका मिति देखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । २०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हाल सम्म आफ्नै इतिहास वोकेर अघिबढेको छ ।
हाल संस्थाको चुक्तापूँजी चौरासी करोड दुई लाख पैसाठ्ठी हजार पाँच सय चौरानब्बे रहेको छ ।
कम्पनीले १ः१.७५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने बिशेष प्रस्ताव ै साधारणसभाबाट पारित गरेको जनाएको छ ।