काठमाडौं । बैतडीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । मेलौली नगरपालिका ९ का २८ वर्षीय पुरुष बलत्कारको आरोपमा पक्राउ परेका हुन् । नियन्त्रणमा लिएका पुरुषको नाम गोप्य राखिएको बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको उनले बताए ।
डडेल्धुराको भागेश्वर गाउँपालिका घर भएकी २३ वर्षीया महिलामाथि ती पुरुषले पटक–पटक बलात्कार गरेको आरोप रहेको प्रहरीले जनाएको छ । महिलाले दिएको जाहेरीको आधारमा ती पुरुषले ५ महिना अघि बलात्कार गरेको आरोप छ । अहिले महिलाको भएपनि पेटमा गर्भ बसेपछि घटना बाहिर आएको उनले बताए । पक्राउ परेका पुरुष र पिडीत महिला दुुबै बिवाहित रहेको र दुुबैका घरमा छोराछोरी रहेका छन् ।
महिलाको माइतीघर पक्राउ परेका पुरुषको घर नजिकै रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पीडीत महिलाका श्रीमान १ बर्षदेखि रोजगारीको सिलसिलामा भारतमा रहेका छन् ।