कुलमान गएपछि प्राधिकरणमा मुसा पस्यो

प्रकाशित मिति : September 27, 2020


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकबाट कुलमान घिसिङको चार बर्षे कार्यकाल सकिएपछि सवस्टेशनमा मुसा पस्न थालेको छ । कार्यकारी निर्देशक कुलमान हुँदा १८ घण्टा लामो लोडसेटिङ हटाएका थिए । उनको कार्यकाल सकिएपछि लोडसेटिङको झल्को दिने गरि समय समयमा बत्ति जाने समस्या आएको छ ।

आइतबार दिउँसो ३ बजेदेखि काठमाडौं उपत्यकाका दर्जन बढी स्थानमा बत्ती गएको थियो । सबस्टेसन को प्यानलबोर्डमा मुसा पसेका कारण वितरण लाइनमा समस्या देखिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानलबोर्डमा मुसा पसेकोले उक्त सबस्टेशनबाट विद्युत आपुर्ती हुने बागवजार, राजदरबार, लैनचौर, लाजिम्पाट, महाराजगज, पानीपोखरी, गैह्रीधारा, ठमेल, सामाखुशी, टगाल, बवरमहल लगायतका क्षेत्रमा दिउँसो ३ बजेबाट लाइन अवरुद्ध भएको प्राधिकरणले जनाएको छ ।

अहिले मर्मत टोलीले काम गरीरहेको र विद्युत पुनः संचालन हुन केहि समय लाग्ने प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट