काठमाडौँ । सोमबार सुनचाँदीको भाउ स्थिर रहको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिंजो पनि यही मूल्यमा सुन कारोबार भएको थियो ।
त्यस्तै गरि आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ रहेको छ । हिंजो पनि तेजावी सुन प्रति तोला ९२ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
त्यस्तै आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउमा पनि घटबढ भएको छैन । आज चाँदी तोलाको ११ सय ५० रुपैयाँ कारोबार भैरहेको छ । हिजो पनी चाँदी तोलामा ११ सय ५० रुपैयाँमा कारोकार भएको थियो ।