काठमाडौं । सोमबार नेपालमा थप १३ सय ५१ जनामा कोरोना संक्रमित भेटिएका छन् । देशभरका प्रयोगशालामा गरिएको जाँचमा १३ सय ५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित निको हुनेको संख्या ७ सय ४२ जना रहेका छन । योसंगै निको हुनेको संख्या ५४ हजार ६ सय ४० पुगेको छ । देशभर १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।