आजको तात्तातो खबर
हामी निरन्तर सेवामा छौं ।
आज काठमाण्डौं मनोहरा २, आलाकोट बाट दुईजना अशक्त बृद्धबृद्धाको उद्धार भएको छ ।

दुईवटै खुट््टा कुहिएर अति कष्टपूर्ण जीवनयापन गरीरहेका अन्दाजी ८५ बर्षय सन्त बहादुर नगरकोटीज्यु र ८० बर्षिय लक्ष्मी नगरकोटीलाई आज उद्धार गरी मानवसेवा आश्रममा लगिएको हो ।
बृद्ध सन्त बहादुर नगरकोटीज्युको देब्रे खुट्टमा रक्त शञ्चार बन्द भई पुरै मांसपेशी कुहीएर कालो भएको छ भने दाईने खुट्टा र कम्मरमा समेत ठूलो घाउ रहेको छ ।
हाल बृद्ध बुबाको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ । मानवीय सेवाको कार्यमा अतुलनीय योगदान पुर्याउनुहुने नेपाल प्रहरी अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहयु, आदरणीय दिदी याङ्गजोङ शेर्पाज्यु एवं सम्पुर्ण परिवारप्रति विशेष आभार । सदर नमन् ।
……………………………………………….


जय मानव सेवा