नेपाल लगायत भारत वा दक्षिण एसियाली मुलुक लगायतका देशमा परापूर्व कालदेखि खाना विशेष गरि भात खाँदा पाँच औंलाको प्रयोग हुने गरेको छ । तर पछिल्लो चरणमा हातले खाना खान घिन मान्ने र चम्चा वा काटाको प्रयोग गर्ने नयाँ पुस्ताको संख्या बढ्दो छ । हाम्रो देशको सहरी क्षेत्रका अधिकांश मानिसहरू हातले खाना खान मन पराउँदैनन चम्चाले खान मन पाराउछन। पलेँटी कसेर काठको पिर्कामा बसेर हातले खानाखाने हाम्रो पुरानो संस्कार हो । तर बिस्तारै खाना खानको लागि चम्चाको प्रयोग गर्न थालियो। तर के छ हातले खाना खानुपछिको विज्ञान ? पूर्वीय शास्त्र भन्छ हाम्रो शरीर पाँच तत्व मिलेर बनेको हुन्छ । जसलाई जीवन ऊर्जा पनि भनिन्छ।

यी पाँच तत्वहरू हाम्रो हातमा हुन्छन्, यी पाँचमध्ये कुनै पनि तत्वमा हुने असन्तुलनले मान्छे बिरामी हुनसक्छ । आयुर्वेदका अनुसार हातको प्रत्येक औंलामा पाँच तत्व रहेको हुन्छ । बुढी औला अन्तरिक्ष सम्बन्धि, चोर औंला हावा सम्बन्धी, माझी औंला आगो सम्बन्धि, साइली औंला पानी र कान्छी औंला पृथ्वीसँग समबन्धित छन् । हातले खाना खाँदा यही सन्तुलनले शरीरलाई स्वस्थ बनाउँछ भन्ने मान्यता छ ।तसर्थ, जब हामी खाना खान्छौं हामी यही पञ्च तत्वलाई सन्तुलित गराउने गर्छाैं । जसका कारण खाना अधिक ऊर्जावान हुन्छ र यसले हाम्रो शरीरलाई स्वस्थ बनाउन मद्दत गर्छ । हातले खाना खाँदा के के हुन्छ फाइदा ?
हातले खाना खानुको फाइदाहरूमध्ये अर्को भनेको यसले हाम्रो जिब्रो जलाउँदैन । जब तपाईं आफ्नो हातले खाना उठाउनुहुन्छ, तपाईंलाई थाहा हुन्छ कि तपाईं कति खाना खान लाग्नु भएको छ । यदि खाना धेरै तातो छ भने तपाईं लाई थाहा हुन्छ र त्यस लाई जिभ्रोमा लैजानुहुन्न। यसरी जिभ्रोलाई तातोबाट चाउनको लागि पनि चम्चाभन्दा हातले खाना खानु उपयुक्त हुन्छ ।

खानाको स्पर्श गर्नु नै हाम्रो शरीरको पाचन प्रणालीको लागि महत्वपूर्ण हुन्छ । जस्तो, हामीले हातले खाना छुन्छौं त्यो जानकारी खाना मुखमा जानु पहिले नै दिमागमा पुगेको हुन्छ । चेतन दिमागले त्यो सूचना पेटसम्म पुर्याउँछ ।यो सूचनासँगै पेट खाना पचाउनको लागि तयार भएर बस्छ । यसले पाचन प्रणालीमा मद्दत पुर्याउँछ ।
जब हामी खाना खान्छौं हातले स्पर्श गरेसँगै हाम्रो खाना मुखमा जानेवाला छ भन्ने थाहा हुन्छ । यसलाई माइन्डफुल खाना भन्ने चलन छ। यसरी हातले खाना खाँदा खानामा पोषक तत्वको मात्रा समेत वृद्धि हुन्छ भन्ने मान्यता छ । समग्रमा हातले खाना खाँदा खानामा पोषण तत्वको वृद्धि हुने, पाचन सुधार गर्छ र समग्रमा हामीलाई स्वस्थ राख्ने काम गर्छ।