जिब्रोले यसरी संकेत गर्छ रोगका बारे:जिब्रोको रंगबाट थाहा पाउनुहोस् तपाईको स्वास्थ्य

प्रकाशित मिति : March 2, 2021


जिब्रोको मुख्य कार्य स्वाद लिनु हो । तर, जिब्रोले मानिसको स्वास्थ्यका बारेमा पनि बताइरहेको हुन्छ । यदि जिब्रो स्वस्थ छैन भने त्यसले स्वास्थ्यमा समेत असर पारिरहेको हुन्छ ।स्वास्थ्य सम्बन्धी धेरै समस्याको संकेत गर्छ जिब्रोले । यदि हामी चिकित्सक कहाँ गयौ भने हाम्रो जिब्रो हेरेर पत्ता लगाउँछन् हामी स्वास्थ्य भए नभएको ।

जिब्रोको रंग र छालाका आधारमा स्वास्थ्य अवस्था पत्ता लगाउन सकिन्छ । डाक्टरले बिरामी जाँच्दा सबैभन्दा पहिले जिब्रो हेर्नु पनि यहीकारण हो । जिब्रोका आधारमा कुनै रोगको अनुमान गरिरहेका हुन्छन् डाक्टरहरु ।

स्वस्थ जिब्रो – स्वस्थ जिब्रो हल्का गुलाबी, नरम हुन्छ र दागधब्बा पनि हुँदैन ।

जिब्रो सेतो हुनु – जिब्रोमा बाक्लो सेतो रंग हुनु अपच, एसिडटी र कमजोरीको संकेत हो ।

पहेंलो हुनु – जिब्रो पहेंलो हुनु चिसो, भाइरल संक्रमणको संकेत हो । त्यस्तै आन्द्रामा समस्या र अपचको समस्याको संकेत पनि हो ।

जिब्रो अघिल्लो भाग रातो हुनु – शरीरमा कमजोरी र मानसिक समस्याको संकेत हो ।

जिब्रो दुवै किनारामा रातो हुनु – यो पेटसम्बन्धि समस्याको संकेत हो ।

जिब्रोमा सेतो दाग – यस्तो हुनु शरीरमा धेरै किसिमको संक्रमणको संकेत हो । यो धेरै पसिना आउने संकेत पनि हो ।

चम्किलो रातो जिब्रो – रातो जिब्रो हुनु ज्वरो, रगतमा संक्रमणको समस्याको संकेत हो । भित्री घाउ वा संक्रमण पनि हुन सक्छ ।

हल्का पहेँलो – रगतको कमी, पोलियो, कमजोरी, आन्द्रा सुन्निएको, निन्द्रा नपुग्नु र थकानको संकेत हो ।

बैगुनी–निलो जिब्रो – भिटामिन बि –२ को कमी, शरीरमा दुख्नु वा सुन्निु, महिलाहरुमा महिनावारीको समयमा पेट दुख्नु आदिको संकेत गर्छ । औषधीको असर पनि हुनसक्छ ।

यस्ता कुनै पनि समस्या देखिएमा नजिकैको स्वास्थ्य चौकीमा गई परामर्श लुनुहोला।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट