आज फागुन २१गते शुक्रबारको राशिफल पढेर दिनको सुरुवात गर्दा राम्रो हुनेछ

प्रकाशित मिति : March 5, 2021


फागुन २१,शुक्रबार

आज वि.सं. २०७७ फागुन २१ गते शुक्रबार, मार्च ५ तारिख। ज्योतिष विग्यान अनुसार आज तपाईंको राशिफल यस्तो भन्छ, जान्नुहोस् : 

मेष राशीः उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। स्वास्थ्य कमजोर रहनाले जोसजाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।अरूको भर पर्दा उपलब्धि गु म्न सक्छ, सजग रहनुहोला । पठनपाठनमा समय दिन नसकिएला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् ।

बृष राशीः सन्तानले प्रसन्नता दिलाउनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ ।आफ्नो प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ ।

मिथुन राशीः मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।अध्ययनमा प्रगति हुनेछ भने चि’ताएको काम समेत सम्पादन हुनेछपहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट राशीः महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ ।मातृधन, पशुधन र जमिनबाट लाभ हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । अरूको भर पर्दा धो का हुन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला ।

सिंह राशीः व्यापारमा पनि राम्रै फाइदा हुनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । सामाजिक क्षेत्रमा नेतृत्व हात लागनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ ।भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कन्या राशिः प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने समय छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला ।वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ।काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ ।

तुला राशिः पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। मनग्य धन आर्जन हुनेछ ।बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक राशीः उछिन्दै आम्दानी बढाउन सकिनेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती आइलाग्न सक्छन् ।सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । तापनि मनग्य धन आर्जन गर्ने अवसर जुट्नेछ । विभिन्न उपहार प्राप्त हुने समय छ ।

धनु राशीः परिवारजनको साथले उत्साहित भइनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । प्रेम वा मित्रताको ब न्ध न कसिने समय छ ।भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

मकर राशीः श त्रु हरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला । काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ । तापनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ ।भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

कुम्भ राशीः कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । श्रमको उचित मूल्यांकन होला ।आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ। ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उ ठ्नु पर्ने रकम हात लागने समय छ ।

मीन राशीः रोकिएका काम समेत सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ ।नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट