सर्पले टोकेपछी गर्नै नहुने १० काम यस्ता छन् हेर्नुहोस्,धामीझाँक्रीसँग अल्झनु हुँदैन

प्रकाशित मिति : March 10, 2021


एजेन्सी । ।  विभिन्न अध्यनले देखाए अनुसार नेपालमा सर्पको टोकाइबाट बर्सेनि करिब एक हजार मानिसको मृत्यु हुनेगर्छ। तथापि सर्प दंशको विषयमा देशको ध्यान खासै पुगेको पाइँदैन। हुनत संसारभर यो एउटा वास्ता नगरिएको जनस्वास्थ्य समस्या हो। नेपालको परिप्रेक्षमा भने तराईका सबै जिल्ला र केही पहाडी जिल्लामा समेत सर्पको डसाइको प्रकोप पाइन्छ। सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो । 

सर्पले टोकेपछी गर्नै नहुने काम यस्ता छन् हेर्नुहोस् :

  • घाउलाई अनावश्यक रुपमा चलाउनु हुदैंन
  • घाउलाई ब्लेडले चिर्ने गर्नु हुदैन जसले गर्दा धेरै रगत बगेर वा घाउ संक्रमित हुदा मृत्यु हुन सक्छ 
  • घाउबाट मुखले विष चुस्ने काम कहिल्यै नगर्ने, यसो गर्दा अर्को मान्छेलाई पनि बिष लाग्न सक्छ
  • धामी झाँक्रीको झारफुक तर्फ कहिले पनि लाग्नु हुदैन
  • डाक्टरले नभनेसम्म केही खानु वा पिउनुहुँदैन 
  • घाउ बरपर डोरीले कस्सिने गरी बाँधे अंग नै मर्न सक्ने भएकोले गर्नु हुदैन
  • कुनै शारीरिक हलचल हुने काम गर्नु हुदैन
  • रक्सी सेवन कहिले पनि गर्नु हुदैन
  • विद्युतीय झड्का दिने आदि कहिले गर्नु हुदैन
  • बरफको प्रयोग गर्ने काम गरी उपचारमा ढिलाई गर्नु हुदैन

प्रायः मानिसको ज्यान लिने सर्प भनेकै करेट र गोमन हुन्। करेट दिनमा लाटो हुने र रातमा चलयमान हुने हुँदा यसले रातिमा सुतेको बेला टोक्ने गर्छ। यसको टोकाइ कहिलेकाहीँ थाहा नहुन पनि सक्छ। त्यसैले कोही सुतेको बेला अबेलासम्म उठेन वा अचानक श्वास लिन गाह्रो भएको भए सर्पले टोकेको शंका गर्नुपर्छ।प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट