दुई महिला पाकेटमार पक्राउ

प्रकाशित मिति : March 10, 2021


काठमाडौं, २६ फागुन  । प्रहरीले काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई महिला पाकेटमारलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काकाे नेतृत्वको टाेलीले काठमाडौँ, गोंगबु-११ की २४ वर्षीया सम्झना परियार र  सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने  २३ वर्षीया सिर्जना उप्रेतीलाई नियन्त्रणमा लिएको हो ।

खड्काका अनुसार उनीहरूले  विगत लामो समयदेखि विभिन्न गिरोहमा संलग्न भएर चाेरी गर्ने, पकेट मार्ने तथा ठग्ने काम गर्दै आएका थिए । उनीहरुलाई पकेट मार्दै गरेको अवस्थामा पक्राउ गरिएकाे हाे । उनीहरूकाे साथबाट ३४ हजार ५५० रूपैयाँ बरामद गरिएकाे छ ।

डिएसपी बाेहाेराका अनुसार उनीहरू कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाएर पकेट मार्ने गरेको अनुसन्धानबाट खुलेकाे छ । उनिहरूलाई प्रहरी म्याद थप गरि महानगरीय प्रहरी वृत्त कालीमाटी राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट