काठमाडौं । नेपालमा पहिलो पटक साढे २ किलो युरेनियम बरामद भएको छ। प्रहरीले बौद्ध क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी–५ का नारायण सिंह तामाङ, सोही स्थानमा घर भई काठमाडौंको बौद्ध–६ बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका–४ घर भएका २० वर्षीय प्रकाश चौहान र सिन्धुली सुनकोशी–४ का २० वर्षीय मनोज न्यौपाने छन्।बरामद युरेनियमको मूल्य करिब २५ अर्ब पर्ने प्रहरीको भनाई छ।बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको प्रहरीले जनाएको छ।यति ठूलो परिमाणमा युरेनियम कहाँबाट आयो भन्ने बारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ।नेपालमा युरेनियम बरामद भएको सम्भवत: पहिलो पटक हो।उनीहरुमाथि प्रहरीले विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने बताएको छ।नेपालमा युरेनियम बरामद भएको सम्भवत: पहिलो पटक हो।
दोस्रो विश्वयुद्धमा जापानको हिरोसिमा र नागासाकीमा अमेरीकाले हानेका दुई शक्तिशाली एटम वमले धेरै नै ठूलो धन जनको क्षति भएको थियो।सन् १९४५ युरेनियम-२३५ बाट निमिर्त लिटिल ब्वाय र युरेनियम-२३८ बाट परिमार्जित गरी बनाइएको फ्याट म्यान नामका परमाणु बम जापानको हिरोसिमा र नागासाकीमा विस्फोट गराइँदा करिब ७५ हजार मानिस मारिए भने ५० हजार भवनहरु ध्वस्त भएका थिए।एटम बम ज्यादै ज्वलनशील र विस्फोटक किसिमको विभाजन हुन सक्ने पदार्थ युरेनियम र प्युलोटोनियमबाट बनाईन्छ।
के हो युरेनियम? युरेनियम परमाणु संख्या ९२ भएको एक रासायनिक तत्व हो। युरेनियम प्रकृतिमा पाईने तत्वमध्ये सबैभन्दा बढी २३८ पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यो तत्वको खोज जर्मन रसायनविद मार्टिन हेनरिक क्लप्रोथले गरेका थिए। लगातार ऊर्जावान विकिरणहरु फ्याँकिरहने भएकाले यसको आयु सयौँ वर्षसम्म हुन्छ।युरेनियम २३५ र २३८ गरी २ प्रकारको हुने गर्छ। प्रशोधन गरिएको युरेनियम २३५ हो भने प्रशोधन नगरिएको २३८ हो।
ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ।युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ। युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो।युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन।यो धातुको विश्व बजारमा पनि उच्च माग छ, तर नेपालमा आणविक ऐन नै तर्जुमा नभएको हुँदा ऐनको तर्जुमाका साथै यसको खोजीमा तत्काल पहल गर्न जरुरी छ।