क्यान्सर हुनु भनेको जीवनको अन्त्य हुनु होइन। यो केवल एक रोग हो। समयमै यसको उपचार गर्न सकेको खण्डमा क्यान्सर पनि पूर्ण रुपमा निको हुन सक्छ। ‘स्वास्थ्य सम्बन्धी ज्ञानको कमीका कारण कतिपय मानिसलाई क्यान्सर भए पनि थाहा पाउन सकेका छैनन्। रगतको क्यान्सर हुनु भनेको बोनम्यारोको क्यान्सर हुनु हो। बोनम्यारोमा क्यान्सरका सेल निर्माण हुन थालेपछि रगतसँगै शरीरको प्रत्येक अंगमा पुग्ने गर्छन्। क्यान्सरका सेलले हेमोग्लोबिन, सेता रक्तकोष र प्लेटलेट्सको मात्र बढाइदिन्छन्। फलस्वरूप शरीरमा रगतको कमी हुने, अन्य संक्रमण फैलिने, रगत बगेर जाने जस्ता समस्या देखिन्छन्। ब्लड क्यान्सर नेपालमा मात्र नभएर विश्वमै धेरै देखिने गरेको पाइन्छ।

ताप्लेजुङ जिल्ला फुलिङ नगरपालिका निवासी सन्तोष गुरुङ र सोनिया गुरुङको २८ महिनाको छोरी मिक्साङ्ग गुरुङ बिगत ६ महिना देखि blood cancer जस्तो प्राण घातक रोगबाट ग्रसित हुनुहुन्छ। सानो बच्चालाई कलिलै उमेरमा बोन म्यारो जस्तो यति ठुलो रोग लागेको छ, हेर्नुहोस त कति पिडा छ परिवारमा। उहाँहरुको पहिलो एक मात्र सन्तान त्यो पनि सानै उमेरमा यति ठुलो रोग लाग्यो। उहाँलाई ६ महिना देखि ब्लोड क्यान्सरको उपचार गराइराख्नु भएको छ।
ती सानी नानिलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नु पर्ने डाक्टरले भन्नु भएको रहेछ। उहालाई कान्ति बाल हस्पिटलमा 4 cycle chemotheraphy गर्दा पनि स्वास्थ अवस्थामा सुधार नआएपछि डाक्टरको सल्लाह अनुसार छिटो भन्दा छिटो bone marrow transplant गर्नु पर्ने भएकोले अहिले उहाँहरू आर्थिक रकमको ठुलो अभावमा हुनुहुन्छ। बोन म्यारो ट्रान्सप्लान्टको लागी ती सानी छोरीको बुवा र आमाले जसको मिल्छ उसैले दिने निर्णय गर्नु भएको र नमुना परिक्षणको लागी टेस्ट गरेर रिपोर्ट आउन बाँकी रहेको समेत उक्त भिडियोमा बताउनु भएको छ।

सानी नानीको उपचारको लागि देश तथा विदेशबाट धेरै जना नेपाली दाजुभाई, दिदिबहिनि, बुवाआमाहरुले सहयोग रकम पठाउनु भएको छ। ओमनमा रहनु भएको बिनि गुरुङ दिदि र उहाँको धेरै जना साथिहरु मिलेर २५८२५०( दुई लाख अन्ठाउन्न हजार दुई सय पचास) संकलन गरि पठाउनु भएको छ। त्यस्तै गरि ताप्लेजुङ तमु गुरुङ परिवार कतारमा रहनु भएको नेपालीहरुले १५५६०० (एक लाख पच्पन्न हजार छ सय) र तमु समाज कतारमा बसोबास गर्दै आउनु भएका नेपालीहरुले पठाउनु भएको रकम ९३२४० (त्रियानब्बे हजार दुई सय चालीस) रुपैयाँ लिएर तमु समाज कतारको तर्फबाट सल्लाहाकार स्वयंम आउनु भएको उक्त भिडियोमा देख्न सकिन्छ। जम्मा ५०७०९० (पाँच लाख सात हजार नब्बे) रुपैयाँ भाग्य न्याैपाने मार्फत हस्तान्तरण गर्नु भएको छ।

यति ठुलो दिल भएको नेपालीहरु देश तथा विदेशमा धेरै हुनुहुन्छ। यस्तो कोरोना संक्रमण महामारीको बेलामा पनि आफ्नो एक छाक काटेर यति ठुलो रकम सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी मनहरुलाई मनै देखि धेरै-धेरै धन्यवाद दिन चाहन्छौं।
भिडियो हेर्नका लागी youtube channel “Social News Nepal” वा “Tattato khabar” मा गएर हेर्नुहोस्।