आमाको काख नपाएको छोरालाई उनी आफैँ आमा बनेर काँधमा, पिठ्युँमा राखेर लुगाले बाँधेर काममा जान्छन्। छोराको उज्ज्वल भबिष्यका लागि दिन रात परिश्रम गरिरहेका छन्। अर्जुन बिक दैनिक रुपमा यसरी नै आफ्नो सन्तान बोकेर ठेलामा समान ओसार्ने काम गर्छन्। सामाजिक संजालमा छोरालाई आफ्नै लुगाले बाधेर तातो घाममा रिक्सा चलाउदै गरेको उहाँको फोटो भिडियो देखेपछि उहाको वास्तविकता बुझ्नलाई भाग्य न्यौपाने उहाँलाई भेट्न गएका छन्। काठमाडौमा आफ्नो करियर बनाउन आए जिन्दगीले नराम्रो संग ठग्यो। पीडित भएम भन्नेहरु यो तस्बिर र भिडियो पनि हेरौ कती पुरुष महिलाबाट नि पीडित छन्।

कैलाली घर भइ हाल काठमाडौँमा एउटा कोठामा बसेर ज्याला मजदुरी गर्दै आएका अर्जुन बि.क एक छोराका बाबु हुन्। श्रीमतीले छोरा ४ महिनाको हुँदा छोडेर गएपछि अहिले अर्जुनले आफ्ना छोरालाई आमा र बाबा दुवै बनेर हुर्काई रहेका छन्। छोरालाई पिठ्युँमा बोकेर रिक्सा चलाउदै गर्दा कति दिन पानीमा भिजेका छौँ। खाने पैसा नहुदा छोरालाई थोरै केही खुवाए भोकै पनि सुतेको छु। आमाले त छोडेर गयो तर म यो छोराको भविष्य बनाउने छु,उहाँले भन्नुभयो।

आमाले छोडेर गएपछि बाबाले छोरालाई आफ्नै लुगाले बाधेर तातो घाममा पिठ्युँमा बोकेर ठेला चलाउदै गर्दा भाग्य न्यौपानेले रोडमा नै भेटेका थिए। अमेरिकामा बस्दै आउनु भएको सानो बाबू शंकर गुरुङको जन्मदिनमा नेपालमा दुखमा पर्नु भएको जो कोहि लाई दिनु भनेर उहाँको अभिभावकले पठाउनु भएको उक्त रकम दस हजार(१००००) भाग्य न्यौपाने ले सहयोग पनि गर्नु भएको छ। सन्तान प्रतिको अथाह माया तथा जिम्मेवारी एउटा बाबाको परिश्रममा देखिन्छ, त्यसको उदाहरण हुनुहुन्छ अर्जुन। एउटा बाबाको माया आफ्नो सन्तान प्रति कस्तो हुन्छ ? त्यो त एउटा बुवालाई मात्र थाहा हुन्छ।
भिडियो हेर्नका लागी youtube channel Social News Nepal वा Tattato Khabar मा गएर हेर्नुहोस।
- Tags