केहि समय पहिले एक जना बुबाले सानो छोरालाई आफ्नै कलेजो दिएर बचाउनु भएको छ। उहाँहरुको पहिलो सन्तान त्यो पनि जन्मेको १४ दिनमा बिरामी भएर हस्पिटल लैजादा डाक्टरले कलेजोमा समस्या भएको र कलेजो ट्रान्सप्लान्ट गर्नु पर्ने बताएपछि ती बुवाआमा एकदमै पीडामा पर्नु भयो। उपचार गरेर कलेजो ट्रान्सप्लान्ट गर्नको लागी कहाँ र कुन हस्पिटल छ? भनेर खोज्ने क्रममा इन्डियाको चेन्नाइमा छ भन्ने जानकारी पाए संगै चन्नई पुगे र पुगेको पाँचौ दिनमा डाक्टरले बच्चाको कलेजो प्रत्यारोपणको विकल्प छैन भने। बच्चा सानो भएकाले अरुले कलेजो दिएर नहुने र बाबा वा आमाबाटै लिनुपर्छ भने पछि बुबाले नै कलेजो दिएर आफ्नो छोरालाई बचाउनु भएको छ।
अहिले बच्चा अवस्थामा पहिला भन्दा केही सुधार आएपनि, अझैसम्म हस्पिटल बाट डिस्चार्ज भएको छैन। अहिले पनि आमा र छोरा चेन्नैईमा नै हस्पिटलमा हुनुहुन्छ भने बुवा यता नेपालमा छोराको उपचारको लागी सहयोग रकम जुटाउन लाई आउनु भएको छ। इजरायलमा रहनु भएको सामाजिक अभियानता सिमा श्रेष्ठ दिदिको नेतृत्वमा संकलन भएको रकम र कुवेतमा रहनु भएको सिर्जना गुरुङले संकलन गरेर पठाउनु भएको जम्मा रकम ४२७६४१ (चार लाख सत्ताइ हजार छ सय एक्चालिस) रुपैयाँ नेपालको राम र भाग्य न्याैपानेले बच्चाको बुबा लाई हस्तान्तरण गर्नु भएको छ।

सिमा श्रेष्ठ दिदी कै नेतृत्वमा मृगौला पीडित उमेश राई बचाउ अभियानमा रु.१२१६०३(एक लाख एक्काईस हजार छ सय तीन) रुपैयाँ रकम संकलन गरेको उक्त रकम उमेश राइको परिवारले हामीलाई पैसा पुगिसक्यो उपचारमा समस्या छैन भनी सकेपछि त्यो रकम र थप उहाँको निम्ति २५८८३८(दुई लाख अन्ठाउन्न हजार आठ सय अट्तिस) रुपैयाँ संकलन गरि आज हस्तान्तरण भएको छ। धेरै जना मिलेर सहयोग गर्नुहुने बिदेशमा बस्ने नेपालीहरु जो मनकारी सहयोगीहरुको विवरण यस प्रकार छन्:
पूरा भिडियो तात्तातो खबरमा आएको छ सबैले हेर्नु होला। यति धेरै सहयोग रकम पठाएर सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरु लाई अन्तर आत्मा देखि नै धन्यवाद।