झापा बेलडाँगी-३
झापाको को बेलडाँगीमा आगलागी हुँदा त्यहाँको क्याम्पमा बसोबास गर्दै आउनु भएका चार परिवारको बिचल्ली भएको छ। आगलागीले घरमा केहि पनि निकाल्न पाएनन् घरको पिलर र इँटा बाहेक केही पनि बाँकी छैनन् । केटाकेटीले पढ्दै आएका कापी, किताब, खाने कुरा, लुगाफाटो सबै जलेर नष्ट भएका छन् । रातीको दुई बजे आगलागी भए संगै ५ घर परिवारको घर नै जलेर ध्वस्त भएपछि उनीहरूलाई गास, बास र कपासको अभाव भएको छ ।

रातिको समयमा त्यही माथी लकडाउनको समय आगलागी भएको र पानी अभावका कारण आगोबाट घर तथा घरमा भएका सबै सामान जोगाउन नसकिएको उहाँहरूले बताएका छन्। आगलागीमा घर जलेसँगै चार परिवारको बिचल्ली भएको छ। अकस्मात घरमा देखिएको आगलागी कसरी सुरु भयो कसैलाई थाहा छैन । उहाँहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आउनुभएका छन् ।

भाग्य न्याैपाने त्यहाँ पुग्दा घर जलेर नष्ट भएकै ठाँउमा जलेर नष्ट भएका केहि सामानका टुक्राहरु बटुलेर बस्दै हुनुहुन्थ्यो।
हरमा लगाएको एक सरो लुगाबाहेक केही पनि छैन। अब कहाँ बस्ने? के खाने? के लाउने?’ आँखाभरी आँसु पार्दै परिवारका एक सदस्यले थप्नु भयो, ‘स्कुल पढ्दै आएका छोराछोरीको समेत लुगाफाटो छैन, किताब–कापी सबै जले।

क्यानडा बाट सहयोगी मनहरुले पठाउनु भएको केही रकम सहयोग लिएर भाग्य न्याैपानेको टिम काठमाडौं देखि झापाको बेलडाँगी पुगेर सहयोग गर्नु भयो।

आगलागीबाट मानविय क्षति नभए पनि घरमा राखिएका लक्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका क्षति भएको छ। लकडाउनले समस्या परेका बेला घर जलेपछि उक्त परिवारको बिचल्ली भएको छ ।
भिडियो हेर्नका लागि Youtube channel “Social News Nepal” वा “Tattato Khabar” search गरेर हेर्नुहोस्