महानायक राजेश हमालद्वारा दीपाश्री निरौलालाई माफी दिन आग्रह

प्रकाशित मिति : August 6, 2020


असार ३१, काठमाडौं । महानायक राजेश हमालले सार्वजनिक स्थानमा आफ्ना मतहरु राख्दा अरुमाथि असर नपर्ने गरी राख्नका लागि आग्रह गरेका छन् ।

केही दिन अगाडि दीपाश्री निरौलाले महानायकको विषयमा बोलेपछि उनको चर्को आलोचना भइरहेको छ । सोही देखि महानायकका विषयमा विभिन्न किसिमका अभिव्यक्ति र टिकाटिप्पणीहरु आइरहेका छन् ।

सोही घटनालाई लिई हमालले विचार राख्दा अरुमाथि आँच नराखिदिनका लागि आग्रह गरेका हुन् ।

हमालले मंगलबार राति फेसबुकमार्फत् भिडियो सार्वजनिक गरी मानवताका लागि उनलाई माफी दिनुपर्ने बताएका छन् ।

हमालले भिडियोमा भनेका छन्, ‘मेरो बारेमा कसैले आफ्नो भनाइ राख्नुभयो । भनाइ आएसँगै ठाडो प्रतिक्रियाहरु आएका छन् । म आग्रह गर्दछु कि यो राष्ट्रका सिने, कला र मानवताका लागि सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला । कलाकारहरुलाई माफी दिएर उनीहरुलाई अगाडि जाने वातावरण तयार पारिदिनुहोस् ।’

दीपाश्री निरौलाले एक टिभी अन्तर्वार्ताको क्रममा राजेश हमाल किन महानायक भए ? अरु निर्माता, निर्देशक र अन्य कलाकार किन भएनन् भनी भनेकी थिइन् ।

भिडियाेका लागि तलकाे लिंक थिंच्नुहाेला

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट