डायलाइसिस गर्दागर्दै कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : August 7, 2020


काठमाडौं- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिराहाको गोलबजार-१२ का २५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

डाक्टर सापकोटाका अनुसार ती पुरुषमा साउन २२ गते (हिजो) कोरोना पुष्टि भएपछि जनकपुर अस्पतालबाट बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । उनी विगत २ वर्षदेखि मृगौलाको उपचार गराउँदै आएका थिए । उनको सातामा दुईपटक डायलाइसिस हुने गरेको थियो ।

संक्रमित पुरुषको डायलाइसिसकै क्रममा राति मृत्यु भएको सापकोटाले बताए ।

“हाम्रो अस्पतालमा कोरोना संक्रमित मिर्गौलाका बिरामीको डायलाइसिस गरिन्छ । उहाँमा पनि हिजो कोरोना पुष्टि भएपछि जनकपुर अस्पतालले समन्वय गरेर यहाँ रेफर गरेको थियो,” सापकोटाले खबरहबसँग भने, ” उहाँको राति १० बजेर ४५ मिनेटमा डायलाइसिस गर्दा गर्दै मृत्यु भयो ।”

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट