उहाँको स्वस्थ्य अवस्था देख्दा हेर्दै डर लाग्दो….. उहाको यस्तो अबस्था भएपछि परिवारको अवस्था बिजोग भएर के खाने, कहाँ जाने बिचल्लीमा पर्नु भएको रहेछ। झापा बेलडाँगीको शिविरमा बस्दै आउनु भएको ४५ बर्षिया भिम बहादुर पौडेल दुई महिना देखि ओछ्यानमा थला पर्नु भएको थियो ।

कोरोना भाइरसको महामारीको कारण देशमा अहिले लकडाउन भैरहेको छ, तर यस्तो बेलामा पनि भाग्य न्याैपाने उक्त पिडितको सहयोगको लागि झापाको बेलडाँगी पुग्नु भएको छ, जहाँ बिरामी करिब २ महिना देखि एउटै बिस्तारमा थला पर्दै आउनु भएको थियो। उहाँको शरीरलाई हेर्दा यस्तो लाग्छ कि शरिरमा हाड र छाला मात्रै बाँकी छ। अहिले भिम बहादुर पौडेल दाइ बिराटनगर नोबेल हस्पिटलको ICU कक्षमा हुनुहुन्छ ।

पैसाको अभावका कारण उपचार हुन सकेको थिएन। हाल बिराटनगरको नोबेल हस्पिटलमा उपचार सुरु भएको छ। “सेवा नै धर्म हो” भन्ने बचनलाई आत्मासाथ गर्दै अमेरिकामा रहनु भएका पहिले झापाको बेलडाँगीको शिविरमा बस्नु भएका नेपाली हाल अमेरिकाको जर्जियामा बसोबास गर्दै आउनु भएको युवाहरु मिलेर देश तथा विदेशमा बस्ने नेपाली जो दु:खमा परेका छन्, जो पिडामा छन्, उनीहरुलाई सहयोग गर्ने हेतुले “त्रिबेणी ग्रुप” संचालन गरेर सहयोग गर्दै आउनु भएको छ । उहाँहरुको सहयोगले नै भिम बहादुर पौडेल दाइको उपचार सुरु भएको छ।

बिदेशमा बस्ने नेपालि, नेपालमा बस्ने नेपालि सबैले सहयोग गरौ। कोरोनाको लकडाउन छ, एकले अर्कोलाई सहयोग गर्ने बेला हो। उहाँको उपचार बिराटनगरको नोबेल हस्पिटलमा सुचारु भइरहेको छ केहि सहयोगी मन र हातहरुको जरुरि छ । तपाई हाम्रो सानो सहयोगले एक पीडितले जिवन पाउन सक्छ । एक अबोध बालकले बुवा श्रीमतीले श्रीमान र आमाले छोराको साहारा, तसर्थ स्वस्छ मनले सहयोग गरौं। हाम्रो सानो सहयोगले बिरामीले नंया जीवन प्राप्त गरोस् ।
भिडियो पूरा हेर्नका लागि youtube channel “Social News Nepal” वा “Tattako khabar” मा जानुहोला।