एजेन्सी – उपाधिका दुई दाबेदार टोली क्याटलान क्लब बार्सिलोना र जर्मन च्याम्पियन बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमै भिड्ने भएका छन् ।

प्रकाशित मिति : August 9, 2020


शनिबार राति आ–आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै बार्सिलोना र बायर्नले क्वाटरफाइनलमा भेट पक्का गरेका हुन् । यि दुई टोलीबीचको खेल पोर्चुगलको लिस्वनमा १४ अगस्टको राति हुनेछ । क्वाटरफाइनलका खेलहरु १२ अगस्टदेखि सुरु हुनेछ ।
यि दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

यि दुई टोली २०१५ यता पहिलोपटक भिड्न लागेका हुन् । २०१५ को च्याम्पियन्स लिगको सेमिफाइनलमा यि दुई टोलीले समान एक खेल जितेका थिए । यि दुई टोली ६ पटक आमनेसामने हुँदा बायर्नले चार तथा बार्सिलोनाले दुई खेल आफ्नो पक्षमा पारेको छ ।

शनिबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा बार्सिलोनाले इटालियन प्रतिद्वन्द्वी नेपोलीमाथि ३–१ को तथा समग्रमा ४–२ को जित निकाल्दै क्वाटरफाइनलको यात्रा तय गरेको हो । यता पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीले दुई गोल तथा दुई असिस्ट दिएपछि जर्मन च्याम्पियन बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीमाथि ४–१ को तथा समग्रमा ७–१ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको छ ।

बार्सिलोनाको जितमा क्लेमेन्ट लेङ्लेट, कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गर्दा नेपोलीका लोरेन्जो इन्सिग्नेले एक गोल फर्काएका थिए । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा इभान पेरिसिस र कोरेन्टिन टोलिसोले गोल गर्दा चेल्सी टम्मी अब्राहमले एक गोल फर्काए ।

बार्सिलोनाका लागि बायर्नविरुद्ध कप्तान लियोनेल मेस्सी, लुइस सुआरेज र एन्टोइन ग्रिजमन मुख्य हतियार हुनेछ । बायर्नका लागि रोवर्ट लेवान्डोस्की नै मुख्य हतियार हुनेछन् । यो सिजन उच्च प्रदर्शन गरिरहेको लेवान्डोस्कीले यो सिजन ४४ खेलमा ५३ गोल गरेका छन् ।

हेड टु हेड

बायर्नविरुद्ध बार्सिलोना (–२) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१५)

बार्सिलोनाविरुद्ध बायर्न (३–०) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१५)

बायर्नविरुद्ध बार्सिलोना (–०) – क्लब मैत्रीपुर्ण (२०१३)

बार्सिलोनाविरुद्ध बायर्न (०–) – च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेग लेग (२०१३)

बायर्नविरुद्ध बार्सिलोना (–०) – च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग (२०१३)

बार्सिलोनाविरुद्ध बायर्न (–०) – औडी कप (२०१३)

क्वाटरफाइनल समिकरण

एटलान्टाविरुद्ध पीएसजी

आरबी लाइप्जिगविरुद्ध एट्लेटिको मड्रिड

बार्सिलोनाविरुद्ध बायर्न म्युनिख

म्यानचेस्टर सिटीविरुद्ध लियोन

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट