भाग्य न्याैपाने; सिन्धुपाल्चोक पहिरो पिडितलाई सहयोग गर्दै, अझै भेटिएनन् पहिरोमा पुरिएका आफन्त

प्रकाशित मिति : August 19, 2020


काठमाडौं

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीका पहिरो पिडितहरुलाई भाग्य न्याैपानेले सहयोग रकम हस्तान्तरण गरेका छन्। उक्त गाउँकै स्कुलका प्राध्यापक, वडा अध्यक्ष प्रताप लामा र उप मेयर सिर्जना तामाङ मार्फत भाग्य न्याैपानेले पीडितहरुलाई रकम हस्तान्तरण गर्नु भएको हो। घरपरिवार, खाद्यान्न र आफन्त गुमाएका लाई प्रति घर रु.३००००(तीस हजार) र घर, खाद्यान्न गुमाएका परिवारलाई प्रति घर रु.२००००(बीस हजार) दरले हस्तान्तरण गरेका छन्।

पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले पहिरो प्रभावित क्षेत्रमा पुगेका भाग्य न्याैपानेको टोलीले स्थलगत निरिक्षण समेत गरेका थिए। लिदी पहिरोमा ३९ जना वेपत्ता भएपनि शव अझै भेटिएको छैन। केहिको मात्रै शव भेटियो, शव नभेटिएकाहरु अन्यको भने खोजी जारी रहेको छ। पहिरोले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन्। पहिरोमा परेर ज्यान गुमाउनु हुने सबै प्रति हार्दिक श्रद्धाञ्जली र घाइतेलाई सिघ्र स्वस्थ लाभको कामना गर्दछौं।

सिन्धुपाल्चोकको लिदी पहिरोस्थल मै पुगेर सिन्धुपाल्चोकको लिदी पहिरोस्थल मै पुगेर भाग्य न्याैपानेले बिदेशमा बस्नु हुने सहयोगी मनहरुले पठाउनु भएको सहयोग रकम हस्तान्तरण गर्नु भएको छ। बेल्जियममा रहनु भएको नारायण धिताल/सुनिता गुरुङले रु.५००००, अमेरिकामा रहनु भएको डिल्ली अधिकारी र उहाँहरु धेरै जना समूह Intra. International Home Care Foundation र International welfare & Support Foundation बाट रु.५०००००, नेदरल्यान्ड महिला फोरम समुह राधा शर्मा र उहाँको साथीहरूबाट रु.७००००, अमेरिका बाट नै कान्छा छवि र उहाँको ९ जना साथीहरूबाट रु.५०००० र UK बाट मितु राई र उहाँकै साथीहरूबाट रु.५००००, स्वयंम भाग्य न्याैपानेले तात्तातो खबरबाट २०००० गरि जम्मा रकम रु.७४०००० (सात लाख चालीस हजार) नेपाली रुपैयाँ हस्तान्तरण गरेका छन्।

सुरु देखि नै उहाँहरुले तात्तातो खबर भाग्य न्याैपानेले मार्फत धेरै जनालाई सहयोग गर्दै आउनु भएको छ। बिदेशमा बसेर पनि नेपाल र नेपालीलाई माया गरेर नेपालमा पिडामा परेका पीडित परिवारलाई केही भएपनी राहत पुगोस् भन्ने उदेश्यले यति ठुलो रकम सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौं।

भिडियो हेर्नका लागी youtube channel “Social News Nepal” वा “Tattato Khabar” मा गएर हेर्नु होला।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट