राष्ट्रिय झण्डा जलाएको आरोपमा ग्याल्जोम दोर्जे तामाङसहित ९ जना पक्राउ

प्रकाशित मिति : August 19, 2020


काठमाडौँ – म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य आरोपी ग्याल्जोम दोर्जे तामाङसहित हालसम्म ९ जना पक्राउ परेका हुन् ।

जातीय हिंसा भड्काउन बल पुर्‍याउने र राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउनेमध्ये ९ जनालाई पक्राउ गरिएको र थप केहीको पहिचान भइसकेको छ ।

गत भदौ १ गते अपलोड गरिएको भिडियो अहिले पनि युट्युबमा उपलब्ध छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई झण्डै ६ लाखले हेरेका छन् भने २५ हजारभन्दा बढीले प्रतिक्रिया जनाएका छन् ।

पक्राउ परेकालाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

उक्त म्युजिक भिडियोको करीब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य छ । भिडियो मकवानपुरको वागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको छ ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू भएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट