भाग्य न्याैपाने सिन्धुपाल्चोक पहिरो स्थल जाने क्रममा बाटोमा यस्तो सम्म भएको रहेछ हेर्नुहोस्

प्रकाशित मिति : August 19, 2020


तात्तातो खबरको हाम्रो टिम सिन्धुपाल्चोकको लिदिमा गएको पहिरो स्थलमा जानका लागी बिहानको २ बजे काठमाडौं बाट हिडेका थियौं। धेरै गाडी परिवर्तन गर्दै ५/६ घण्टामा कात्तिके पुग्यौं। बाटो त छ तर ठाँउ ठाँउमा गएको पहिरोले पुरै अबरोध पुर्याएको छ। त्यसपछि फेरि ५/६ घण्टाको पैदल यात्रा गर्दै गयौं। बाटो यति अप्ठ्यारो थिए जताततै पहिरोले लगेर मान्छे हिड्ने सानो गोरेटो बाटो सम्म पनि थिएन। खोलाको किनार, पहाड, उकालो चढ्दै, पहिरो छिचोल्दै जाने क्रममा धेरै अप्ठ्यारा आइ परे। बाटोमा खानको लागी पानी पनि थिएन अर्कोतिर खुट्टाभरी जुकाले खाएर… सम्झदै काहाली लाग्दो जिबनमा अविस्मरणीय यात्रा थियो हाम्रो टिमको सिन्धुपाल्चोक यात्रा…

बिहानै ६:४५ मा आएको पहिरोले लिदिमा ३९ जनाको ज्यान लियो… उक्त घटनालाई बुझ्न र केही सपोर्टको लागि काठमाडौ देखि 12 घन्टाको यात्रा पार गरेर सिन्धुपाल्चोकको लिदि पुगेका पुगेका छौँ। यहाँको अवस्था अहिले कल्पना भन्दा बाहिर छ .. सानो ४ महिनाका नानी देखि वृद्ध बुवाआमाको ज्यान लिएर यो पहिरोले पुरै गाउँ नै रुवाएको छ .. अझै केही शवहरु खोजी निरन्तर भैरहेको छ .. एकै मिनेटमा ३७ घरधुरीलाई पहिरोले पुर्यो..ठुलो जन धनको क्षति पुग्यो..

हामीले यो बिपत्तिमा केहि सपोर्ट गर्न आइपुगेका छौँ। मृत्यु भएका १२ परिवारको लागि ३०/३० हजारको दरले ३ लाख ६० हजार र बाकी अन्य १९ पिडित परिवारलाई २०/२० हजारको दरले ३ लाख ८० हजार सहयोग गरेका छौँ। उक्त सहयोग अमेरिकाबाट डिल्ली अधिकारी सर र उहाँहरुको समुहबाट ५ लाख, बेल्जियमबाट नारायण धिताल/सुनिता गुरुङ दिदी बाट ५० हजार, साथै महिला फोरम समाज नेदरल्यान्डबाट ७० हजार, मितु राई दिदी बाट ५० हजार, अमेरिका बाट कान्छो छवि र उहाँहरुको टिमबाट ५० हजार र मैले मेरो तर्फबाट २० हजार गरि जम्मा रकम नेपाली रुपैयाँ ७ लाख ४० हजार आर्थिक सपोर्ट गरेका छौ .. उत्त पहिरोमा परि ज्यान गुमाउनु हुने सबैमा हार्दिक श्रद्धाञ्जली

भिडियो हेर्नका लागी youtube channel “Social News Nepal” र “Tattato Khabar” मा गएर हेर्नुहोस।

प्रतिक्रिया दिनुहोस्

स्वर्गद्वारीमा जन्मियो अचम्मको बच्चा , उपचार गर्ने पैसा नभएर निराश भइ फर्किन बाध्य

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका एक महिलाले अचम्मको बच्चा जन्माएकि छिन। स्वर्गद्वारी नगरपालिका वडा नं ३ जलूकेकी

आज पोखरामा

Humanity First२० वर्ष अगाडी देखी सडकमा बास गर्दै डुली हिड्ने आमाको उद्दार@ मानवसेवा आश्रम शाखा

१३ बर्षदेखी जेनिशा तामाङ्गलाई हेर्नुहोस

आज काठमान्डूको अनामनगरमा एउटा कोठा भित्र बस्ने जेनिसा तामांङ्गको उद्दार भएको छ १३ बर्ष पुगेकी

नेपाली महिलाको भारतमा को ठी, यसरी पक्राउ परिन् चमेली

काठमाडौं- नेपाली महिलाले भारतमा पुगेर कोठी सञ्चालन गरेको फेला परेको छ । उनले नेपालबाट महिलालाई

ताजा अपडेट